आईजीपी सिंह र अर्याललाई लगाइयो फुली


काठमाडौं, बैशाख १९। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याललाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । आज (सोमबार) गृह मन्त्रालयमा आयोजित एक समारोहमाझ गृह सचिव टेकनरायण पाण्डेले दुवै आईजीपीलाई फुली लगाइदिएका हुन् ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले सिंह र अर्याललाई क्रमशः नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उहाँहलाई महानिरीक्षकमा पदोन्नति गरेको हो ।

दज्र्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अङ्गका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्य र सरकारको अपेक्षा भनेको न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माणका लागि सङ्गठनलाई कसरी अग्रसर गराउने भन्ने रहेको र त्यस विषयमा कार्यकाल सफल होस् भनी शुभकामना गर्नुभयो । उहाँले दुवै सङ्गठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो सङ्गठनलाई दृढतापूर्वक डोहो¥याउने काम हुने अपेक्षा रहेको बताउनुभयो