कृष्ण कंडेल नातिकाजी राष्ट्रिय लोक संगित पुरस्कारबाट सम्मानित


काठमाडौं, बैशाख १९। नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह २०७७ सम्पन्न भएको छ । संगीत महर्षी स्व.नातिकाजी श्रेष्ठको ९७ औं स्मृती दिवसको अवसरमा नातीकाजी स्मृती समाजले सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा उक्त समारोह आयोजना गरेको हो । समारोहमा विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

जस अनुसार नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७७ बाट इन्द्रेणी फाउन्डेसन तथा इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेल सम्मानित हुनु भएको छ । कंडेलले नेपाली लोकगीत संगीतको क्षेत्रमा पुर्याउनु भएको योगदानलाई उच्च मुल्याकंन गर्दै उक्त पुरस्कारले सम्मान गरेको नातिकाजि स्मृति समाजका अध्यक्ष शम्भुजीत बासकोटाले बताउनु भयो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।