तेस्रो टी–ट्वान्टीमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै


काठमाडौं, बैशाख २१। नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो टी–ट्वान्टी अन्तर्गत आज बुधबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ ।

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । नेपाल र जिम्बावेबीचको दोस्रो टी–ट्वान्टी भने वर्षाले रद्द भएको थियो । बुधबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ । त्यसैले नेपाल र जिम्बावे ‘ए’ दुबैलाई प्रदर्शन भन्दापनि वर्षाको चिन्ता बढी रहेको छ ।