ट्वीटर चलाउन पैसा तिर्नुपर्ने !


काठमाडौं, बैशाख २१। सामाजिक सञ्जाल ट्वीटर चलाउन अब पैसा तिनुपर्ने भएको छ। ​ माइक्रोब्लगिङ साइट ट्वीट खरिद गरेका एलन मस्कले अब ट्वीटर चलाउँदा पैसा तिनुपर्ने हुनसक्ने बताएका हुन्। अहिलेसम्म सबैले ट्वीटर निःशुल्क प्रयोग गर्दै आएका छन्। ‘सामान्य प्रयोगकर्ताले ट्वीटर सधैंभरी निःशुल्क प्रयोग गर्न सक्छन’, मस्कले ट्वीट गरेका छन्, ‘तर व्यवसायिक र सरकारी प्रयोगका लागि केही मूल्य तिर्नुपर्ने हुन सक्छ।’

व्यक्तिगत तवरमा शुल्क नलागे पनि संस्थागतमा भने सेवा वापतको शुल्क लिने तयारी भइरहेको उनको भनाइ छ। ट्वीटर खरिद गरेलगत्तै एलन मस्कले केही परिवर्तन गर्ने संकेत गरेका छन्। उनले ट्वीटरका केही फिचर र व्यवस्थापनमा पनि बद्लाव ल्याउने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। एलन मस्कले केही दिनअघि ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व खरिद गरेका थिए।