त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान सुरु


काठमाडौं, बैशाख २१। बुधबार बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अधिकारीलाई अज्ञात नम्बरबाट फोन आयो । फोनामा भनियो – ‘विमानस्थल कार्यालयमा ८ वटा बम राखिएको छ।’ जुन बम आन्तरिक विमानस्थल कार्यलयमा छ भनिएको थियो । उक्त फोनपछि अधिकारीहरु आत्तिए । त्यसपछि आन्तरिक विमानस्थलको सबै उडान रोकियो । त्यसका लागि थप सुरक्षाकर्मीका साथ नेपाली सेनाको टोली विमानस्थल परिसमा पुगे ।

सुरक्षा थ्रेट भएप वा त्यसप्रकारको सुचना आए विमानस्थलमा पूरै सर्च गर्नुपर्ने सिष्टम नै रहेको एक अधिकारीले बताए । त्यसपछि नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको गर्यो तर केही फेला परेन । कुनै श‌कास्पद वस्तु फेला नपरेपछि अब आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलको सबै उडान रोकेर उड्न लागेका यात्रुहरुसमेत निकालिएकाले धेरै यात्रुहरु प्रभावित भएका छन् ।