दोलखा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प


काठमाडौं, बैशाख २२। दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३  दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो । यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।