८० वर्षिय साहित्यकार तीर्थराज अधिकारी लोक दोहोरीमा अब्बल


काठमाडौं, बैशाख २२।  मुक्तकमणि तथा साहित्यकार तीर्थराज अधिकारी नेपाली लोक साहित्यका साथै लोक दोहोरी क्षेत्रमा समेत सक्षम रहेका छन् । जीवनमै पहिलो पटक साहित्यकार अधिकारीले कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनको इन्द्रेणी स्टुडियोमा लोक दोहोरी गीत गाएका हुन । अधिकारी र नर्व प्रतिभावान गायिका जुनु रानामगरले लोक दुनियाँको क्षेत्रमा सदावहार जीवन्त भाकाको रुपमा स्थापित सिमसिमे पानीमा ज्यानले बेइमान गर्छकी जिन्दगानीमा… बोलको गीत गएर स्टुडियो तताएका हुन । डाँडो भाका समेत गाउन सिपालु अधिकारी आफूले पहिलो पटक लोेक दोहोरी गाएको बताएका हुन । विद्यार्थी राजनीति देखि कर्मचारी हुदै साहित्य क्षेत्रमा अहोरात्र खट्ने अधिकारी सामाजिक क्षेत्रमा निकै क्रियाशिल छन् । श्रीमती सीतादेवि अधिकारीको साथ तीन हप्ता अघि अमेरिकाबाट नेपालआएका उनलाई राजधानी देखि पोखरासम्मको साहित्यिक कार्यक्रममा सहभागी हुन भ्याइ नभई भएको छ ।

बाल्यकालदेखि लोक गायन क्षेत्रमा निकै चासो राख्ने गरेको भएपनि सामाजिक र पारिवारी परिवेशले आफु यस क्षेत्रा आउन नपाएको भन्दै उनले विभिन्न कार्यक्रममाा लोक दोहोरी प्रतियोगिता सुन्दा मनमनै सवाल जवाफ भने सोचेर बस्ने गरेको बताए । उमेरले ८० वर्ष पुग्नै लागेका भएपनि लोक दोहोरी क्षेत्रमा भने उनको जोश र जागर १६ वर्षे उमेरका जस्तै प्रस्तुत गरे । उनकी श्रीमतीले समेत पहिलो पटक श्रीमान्ले दोहोरी गाएको देख्दा निकै अचम्मित भएको बताइन ।
सामाजिक क्षेत्रमा सदैव सक्रिय अधिकारी दम्पत्तिले ५४ औं वैवाहिक उत्सवको अवसरमा इन्द्रेणी स्टुडियो निर्माणका लागि २ लाख, इन्द्रेणी व्यवस्थापनको लागि ५० हजार र महिला उत्प्रेरणा विकास मञ्चका लागि ५० हजार रुपैयाँ सहयोग समेत गरेका हुन ।

अधिकारीलाई अमेरिकास्थित अन्तर्रािष्ट्रय साहित्य समाजले आफ्नो “साधनाको स्वर्ण वर्ष” का अवसरमा लोक साहित्यमा पु¥याएको योगदानका लागि सम्मानित गरेको थियो । मुक्तकमणी तीर्थराज अधिकारी पुस्तकमा अधिकारीका बारेमा चार वटा खण्डमा ८५ जना सामाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योग्दान पु¥याएका प्राध्यापक, डाक्टर, समाजसेवी, राजनीतिज्ञ, गितकार, संगितकार, साहित्यकार, पूर्वसभामुखसम्मले समालोचना गरेका छन् । जीवनका महत्वपूर्ण पाटाहरूलाई सविस्तार वर्णन गरिएको पुस्तकमा लमजुडको दुराडाँडा देखि अमेरिका बसाईसम्म नजिकबाट अधिकारीसँग संगत गरेका व्यक्तित्वहरुले समालोचना गरेका छन् । त्यस्तै पुस्तक नेपालीमा मात्र नभई अंग्रेजीका लेखकहरुले समेत ८ शिर्षकमा अधिकारीका बारेमा सटिक र गहिरो विश्लेषण गरेको पाइन्छ ।

प्रतिभाशाली तथा बहुआयामिक व्यक्तित्वका रुपमा रहेका अधिकारीको यस पुस्तकले थप सशक्त रुपमा लमजुङको दुराडाँडा देखि अमेरिकासम्मलाई झल्किने गरि लेखकहरुले प्रस्तुत गरेका छन् । विभिन्न क्षेत्रमा विज्ञता प्राप्त गरेका लेखकहरुले मुक्तकमणी अधिकारीका विषयमा विश्लेषण गर्नु नेपालको सामाजिक र साहित्यिक चेतनाको उच्च संस्कारले साहित्यिक अभियानकै सुरुवात भएको देखिन्छ । उनका पुस्तक समेत इन्द्रेणीमा विवरण गरिएको हो ।  साधनाको स्वर्ण वर्ष, मुक्तकमणी तीर्थराज अधिकारीको पुस्तक नयाँ पुस्ताले पहिलाको भोगाई र ग्रामीण परिवेशलाई थप बुझनका लागि एक पटक अध्ययन गर्ने पर्ने देखिन्छ । यता पुराना पुस्ताका पाठकले समेत नेपालमा मर्दै गएको मौलिक भोगाई, जीवनका अनुभूति र अनुभवलाई पुनःताजकी गर्न समेत अध्ययन गर्नुपर्ने देखिन्छ । अधिकारीले सृजना गरेका मुक्तक हरेक उमेर समूहका मानिसहरुको मन मुटुमा बस्न सफल भएका छन् । त्यसैले नै नेपाली मुक्तक साधनाको क्षेत्रमा अधिकारीका कृतिको यतिका लेखक तथा सष्ट्राहरुले सम्झिन बाध्य भएका छन् ।