काठमाडौं, बैशाख २३। अध्ययनको लागि भारतमा गएका एक नेपाली विद्यार्थी एक साता देखि हराईरहेकोले खोजी गरिदिन परिवारले अनुरोध गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको हो ।
भारतको देहरादुन स्थित अल्पाईन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बिएस्सी अध्ययन गरिरहेका खड्का गत शुक्रबार देखि हराउनुभएको उहाँका बुवा चिताराम खड्काले जानकारी दिनुभयो । परीक्षा सकेर नेपाल फर्कदै गर्दा खड्का वेपत्ता भएको उहाँले बताउनुभयो । गोपालको खोजी कार्यको लागि नेपाल सरकार मार्फत भारतीय राजदुतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर हालसम्म पत्ता लागेको छैन । कहि कतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरीलाई खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।