गठबन्धनको बैठकका चार निर्णय


सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका सन्दर्भमा चार वटा निर्णय गरेको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने प्रतिवद्ध रहने निर्णय गरेको हो ।

गठबन्धनका साझा उम्मेदवारविरुद्ध गठबन्धनभित्रकै दलबाट दिएका उम्मेदवारी निष्क्रिय आवश्यक पहल गर्न नेतृत्व समक्ष गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले निर्वाचनका क्रममा गठबन्धन दलहरुबीच असमझदारी सिर्जन भए आपसी समन्वयमा समस्या तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने पनि निर्णय गरेको छ।

केन्द्रिय नेताहरुको निर्णय बमोजिम अधिकाश स्थानीय तहमा दलहरुको सहमतिमा उम्मेदवारहरु निष्कृय भएका छन् । जसले गर्दा सत्ता गढबन्धनमा जितको सम्भाावना बढ्दै गएको आकलन गर्न गरेको दलहरुको दाबी छ ।