बिपीलाई फाँसी दिनुपर्छ भन्नेहरु गठबन्धनको खिलाफमा, रेनुलाई उम्मेदवार बनाउन मैले भनेको हुँ : सभापति देउवा


प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरुले गठबन्धनमा बखेडा खडा गरिहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले बिपीलाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै गठबन्धनको खिलाफमा उभिएको बताए । उनले भने, ‘हिजो बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु आज गठबन्धनको खिलाफमा छन् । हामीलाई थाहा छैन ।’

कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै अहिले काँग्रेसका समर्थक भएर आएको समेत उनले बताए । ‘बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु को को हुन् मलाई थाहा छ । अहिले बडा काँग्रेसका समर्थक भएर आएका छन्,’ उनले भने ।

प्रचण्ड भरतपुर छाड्न तयार थिए
सभापति देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट मागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरे । ‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो,’ देउवाले भनेका छन्, ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु रु दिनुस् भनेर मैले भनेको हो ।’

प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको उनले बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेस नेता प्रकाशमान सिंह पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको उनले सुनाए । आमाबाबुले सिर्जनाको बिहे प्रकाशमानसँग गरिदिएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘प्रकाशमानको श्रीमती हुनु उहाँको गल्ती हो रु यो अपराध त होइन नि १’

अहिलेको संविधान हुन्जेलसम्म एक पार्टीका बहुमत आउन नसक्ने भन्दै गठबन्धनको वकालत गरेका देउवाले भने, ‘भोलि पनि गर्ने गठबन्धन हो, अहिलेको गठबन्धन सजिलो छ ।’