कृष्ण कंडेल क्याप्टेन गोपाल प्रसाद कलानिधि सम्मान पुरस्कारबाट सम्मानित


काठमाडौं, बैशाख २४। कलानिधि इन्दिरा संगित महाविधालयको ५९औं वार्षिकोत्सवबाट इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल सम्मानित हुनु भएको छ । राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरीएको उक्त कार्यक्रमबाट इन्द्रेणी कार्यक्रमका सञ्चालक कंडेललाई नेपाली लोकगीतको क्षेत्रमा पुर्याएको योगदान तथा देश र जनताका लागि निरन्तर योगदान पुर्याउदै आउनु भएको कोरोना महामारीको समयमा आफ्नो ज्यानको कुन प्रवाह नगरी अरुको ज्यान बचाउन लागेको भन्दै सम्मान गरेको हो ।

संस्थाको ५९ औं स्थापना दिवसको अवसरमा उहाँलाई क्याप्टेन गोपाल प्रसाद कलानिधि सम्मान पुरस्कार तथा नगत सहित सम्मान गरेको हो । नेपाली गीत संगितको क्षेत्रमा योगदान पुर्याउनु भएका कलाकार,संगितकार, नाटकार समाजसेवि लगायतका बिभिन्न १८ विधाका व्यक्तिहरुलाई गरेको हो ।