एमाले अध्यक्ष ओली प्रजातन्त्रको पक्षमा नभएको कांग्रेस सभापति देउवाको आरोप


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यलाई जिताउनु कांग्रेसको कर्तव्य भएको बताएका छन्। उनले गठबन्धनकै कारण नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी सरकार बनेको प्रसंग झिक्दै गठबन्धनका नेताको विरुद्धमा जाने कार्यकर्तालाई कारवाही गरिने पनि दोहोर्याए।

पोखरामा एकीकृत समाजवादीका नेता धनराज आचार्य गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकोमा केही कांग्रेसीहरु सन्तुष्ट छैनन्। असन्तुष्टि बुझेका देउवा कार्यकर्ताको चित्त बुझाउनकै लागि पोखरा आएका हुन्।

पोखरापछि दाङ र धनगढीको हेलिकोप्टर दौडमा रहेका उनले अगाडि भने, ‘गठबन्धन बनेपछि पोखराको अवस्था के छरु पार्टीको अवस्था के छरु यो गठबन्धन भएपछि नेपाली कांग्रेसले मुख्यमन्त्री भएको छ। यस्तै, गठबन्धन भएपछि सबै पार्टीले यसमा चाहिने सहभागी भएका छन्। कसैले अर्थमन्त्री पाएको छ, कसैले सामान्य, भौतिकमन्त्री पाएको छ। गठबन्धन बन्नुअघि कस्तो अवस्था थियो, कांग्रेसकोरु त्यसले नेपाली कांग्रेसको तर्फबाट कुनै शंका गर्नुहुँदैन। गर्यो भने कारबाही गरिहाल्छ पार्टीले।’

उनले थपे, ‘कांग्रेसले गठबन्धनमा शंका गर्नुहुँदैन। माधव नेपाल र प्रचण्डजीले हामीलाई उदार भएर सहयोग गर्नुभएको छ। सरकारमा ल्याएको छ। कांग्रेसको त कर्तव्य नै हो सहयोग गर्ने। गठबन्धन बचाउनु छ भने धनराज आचार्यलाई जिताउनु छ, कोपिला रानाभाटलाई जिताउनु छ। त्यसैले गठबन्धन आवश्यक छ। यो अत्यन्तै राम्रो गठबन्धन भएको छ। यसलाई बचाउनु आवश्यक छ। सबै लागेका छौँ। ५ वटा महागनरमा कांग्रेसले धेरै महानगर पाएको छ। विराटनगर हामीले लिएका छौँ, काठमाडौं हामीलाई दिनु भएको छ। एउटा माधव नेपालले पोखरा लिनुभएको छ।

प्रचण्डजीले एउटा भरतपुर लिनुभएको छ। त्यसैले माधव नेपालको पार्टी र प्रचण्डको पार्टीलेभन्दा धेरै मेहनत गरेर यहाँ जित्नु आवश्यक छ। त्यसैले एक भएर यहाँका उम्मेदवारलाई जिताउनु आवश्यक छ।’ उनले गठबन्धनको सरकार राष्ट्रिय आवश्यकता भएको जिकिर पनि गरे। राष्ट्रिय आवश्यकतालाई अझ मजबुद बनाएर लैजानुपर्ने देउवाको भनाई छ।

ओली संघीयता र गणतन्त्र विरोधी

देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र र संघीयता विरोधी नेताको रुपमा चित्रण गरे। संविधानतः भंग गर्न नमिल्ने भएकाले अदालत गएर संसद फिर्ता ल्याएको उनले बताए। ‘गठबन्धन किन भने ओलीको आतंकित शासन, कस्तो भने, पार्लियामेन्टमा विरोध गर्यो भने भंग गर्दिहाल्ने। फेरि, पार्लियामेन्ट ल्यायो भने चल्नै नदिने। पार्लियामेन्ट सिस्टम मान्नेवाला नै हैनन् यी, ओली। जो पार्टीले विरोध गर्यो भने भंग गर्दिइहाल्नेरु पार्लियामेन्टमा विपक्षीले विरोध गर्न पाउँछ नि। हामीले विरोध गरेका थियौँ, विरोध सहन नसकेर संसद भंग गर्दिनेरु ओली र ओलीको पार्टी प्रजातन्त्रको पक्षमा हुनुहुन्न। उहाँ प्रजातन्त्र,गणतन्त्र र संघीयताको खिलापको व्यक्ति हो। उहाँको अर्कै षड्यन्त्र छ।’