मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु


काठमाडौं, बैशाख ३०। स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप सडकबाट तल खसेको बताइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको उक्त जीप दुर्घटना भएको थियो । जीप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ ।