भरतपुर महानगरमा सर्वदलीय बैठक बसेर राति १२ पछि मतगणना सुरु गरिने


काठमाडौं, बैशाख ३०। काठमाडौं महानगरसँगै आममानिसको ध्यान खिचिएको महानगर हो चितवनको भरतपुर । शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएसँगै आज बेलुकी देखि नै मतगणना प्रक्रिया अघि बढाइने बताइएको छ । राति ९ बजे सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने बताइएको छ । अहिले सबै मतपेटिका भेला गर्ने कार्य भइरहेको बताइएको छ ।त्यहाँको निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ बजेपछि सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मतगणना हुन सक्छ ।

भरतपुर महानगरमा मुख्यतः पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदीबीच प्रतिस्पर्धा हुनेछ । तर, नेपाली कांग्रेसबाट बागी उम्मेदवारी बनेका जगन्नाथ पौडेललाई पनि प्रतिपस्पर्धीका रुपमा उत्रिएका छन् ।