मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस २ मतले विजयी


मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन् । सो पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ ।

अन्तिम मतपरिणाम अनुसार कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए । अध्यक्षमा २ भोट मतान्तरले कांग्रेस विजयी भएका हुन ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।

मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।