देउवाको गृहनगर गन्यापधुरा-४ मा कांग्रेसको प्यानल विजयी


काठमाडौं, बैशाख ३१। डडेल्धुराको गन्यापधुरा गाउँपालिका- ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडा नम्बर ४ मा १०२९ मत खसेकोमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएको छ । यस्तै एमालेका एमाले उम्मेदवार लोक राज भट्टले १८४ र माओवादीका अहिल्या कुवँरले १४९ मत मात्र पाएका छन् ।