काठमाडौंमा बालेन साहले ५७ मतसहित लिए अग्रता


काठमाडौं, बैशाख ३१। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा  बालेनले ५७ , नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४४, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४२ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ९ मत पाएका छन् । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।