मनाङको नासों गाउँपालिकामा कांग्रेसको जीत


हिमाली पारीको जिल्ला मनाङको नासों गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय २० मत पाए भने उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए ।
गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याए भने एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन् । वडा नं। १ मा एमालेका मिनराशी गुरुङ १ सय ६४ मतका साथ निर्वाचित भएका छन् ।

प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङले ६७ मत ल्याएकी छन् । वडा नं.२ मा एमालेका रवि गुरुङ १ सय मत ल्याएर विजयी भएका छन् । कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन् । वडा नं. ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन् । एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन् ।

वडा नं.४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ, वडा नं. ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् । वडा नं. ८ मा कांग्रेसका याद घले १ सय ९१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षका प्रत्यासी स्वतन्त्रका लिलबहादुर गुरुङले ७८ मत ल्याएका छन् ।

वडा नं. ९ को अध्यक्षमा एमाले उम्मेदवार मिङमर छिरिङ विष्टले ६९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसका साङगे वाङचुक लामाले ५३ मत ल्याएका छन् । मनाङको सवैभन्दा तल्लो क्षेत्र नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलब ०१ प्रतिशत मत खसेको थियो ।