माओवादीले जीतको खाता खोल्यो


स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पहिलो जीतको सुरुवात डोल्पाबाट भएको छ । माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकाबाट विजयी सुरुवात गरेको हो।

सो पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन्।

यहाँ नेकपा एमालेका हेमबहादुर महतराले ७ सय ४६ मत ल्याउँदै पराजित भएका छन्। यस्तै उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन। पराजित एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याइन्

जगदुल्लामा काङ्ग्रेस(एमाले(समाजवादी गठबन्धनविरुद्ध माओवादी केन्द्र एकल लडेको थियो। यसैगरी सो पालिकामा माओवादी केन्द्रले ४, ५ र ६ गरी ३ वडा अध्यक्ष पनि जितेको छ।

४ मा माओवादीका भीमप्रसाद बोहरा २३३ मत, ५ नम्बर वडामा भीमबहादुर बोहरा १ सय ५२ मत ल्याएर विजयी भएका छन्। शुक्रबार देशका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो। निर्वाचनको मतगणना शुक्रबार बेलुका र शनिबार विहानदेखि जारी छ।