काठमाडौं महानगरको पछिल्लो मतगणना अपडेट : ११२३ मतका साथ बालेनको अग्रता कायमै


काठमाडौं, बैशाख ३१। काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ११२३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८८० मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ९०८ मत प्राप्त गरेका छन् ।