बालेन साहले लिए ६ सयको अग्रता


काठमाडौं, जेठ १। काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले झण्डै ६ सय मतले अग्रता लिएका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको एमालेका केशव स्थापितले ९८५ मत पाएका छन् भने ।

नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।