चन्द्रागिरी नगरपालिका वडा नम्बर १ मा गठबन्धन विजयी


काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा नेपाली कांग्रेसमा हरिश्याम रानामगर विजयी भएका छन् । नेकपा एमालेको उम्मेदवार राजेन्द्र केसीलाई पछि पार्दै रानामगर विजयी भएका हुन । कांग्रेसमा रानामगरले ११२१ मत प्राप्त गरेका हुुन भने पराजित केसीले १०७५ मत प्राप्त गरेका हुन । त्यसै गरी दलित महिला सदस्यमा नेपाली कांग्रेसकी अनिता रोका ११०१ मत सहित विजयी भएकी छन् ।

खुल्ला सदस्यमा केशव गिरी कांग्रेसबाट विजयी भएका हुन । महिला वडा सदस्य र खुल्ला सदस्यमा नेकपा एमालेबाट अनिता गिरी र राजन गिरी विजयी भएका हुन । झिनो मतले पराजित केसी निवर्तमान वडा अध्यक्ष हुन । साविक दहचोक गविस हाल वडा नम्बर १ मा बहुदलिय व्यवस्था आएसँगै नेकपा एमालेले निर्वाचन जित्तै आएको थियो । तर अहिले भने नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेपाली काांग्रेसले निर्वाचन जितेको हो । माओवादी केन्द्र र जसपाका सबै उम्मेदवारहरुले बैशाख २१ गते नेपाली कांग्रेसलाई निर्वाचनमा मतदान गर्ने गरि प्रचारप्रसारमा सघाउने सहमित भएसँगै कांग्रेसका उम्मेदवारको बनोबलउच्च भएको थियो ।

यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर २ माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । एक्लाएक्लै निर्वाचनमा भिडेको यस वडामा सबै उम्मेदवार माओवादीबाट विजयी भएका हुन । २०७४ सालको निर्वाचनमा समेत यहाँ अध्यक्ष सहित सबै सदस्य माओवादीबाट विजयी भएका थिए । वडा अध्यक्ष भाइकृष्ण तामाङसहितको नेतृत्व विजयी भएको हो ।