बागलुङको ताराखोलामा माओवादीका धन विक विजयी


बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् ।

माओवादीका धनबहादुर विकले २ हजार २८५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । ताराखोलामा माओवादीको पुरै प्यानल विजयी भएको छ।

गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्ती माओवादीबाटै बागी उठे पनि उनले माओवादी उम्मेदवारको विजय रोकिन सकेन । पार्टीले टिकट नदिएपछि प्रकाश बागीमा उठेका थिए । उनले २०९० मत पाएका छन् ।