एमालेका पालिका अध्यक्षबाट राजीनामा दिए


पालिकामा आफ्ना उम्मेदवार पछि परेपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एमाले अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन्। गाउँपालिकामा एमालेका उम्मेदवार पछि परेपछि कार्कीले राजीनामा दिएका हुन्।

पालिकाका वडा नं १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ। यस्तै पालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ। एमाले तेस्रो छ। यो पालिकामा कुनै पनि दलको गठबन्धन छैन। आफ्नै वडामा पनि एमालेले नराम्रो हार व्यहोर्नुपरेको उल्लेख गर्दै आफूले राजीनामा दिएको कार्कीले बताएका छन्। पार्टीमा ३४ वर्षको लगानीलाई माया मार्दै राजीनामा दिएकाले अनावश्यक तनाव नदिन अनुरोध गरेका छन्।

पालिकामा नेपाली कांग्रेसका नइन्द्र राईले १ हजार ४ मत पाएका छन्। माओवादी केन्द्रका गोपालचन्द्र राईले ७१६ र एमालेका लोकेन्द्र राईले ६९५ मत पाएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकी रमा कटुवाल १ हजार ३४ मतसहित अगाडी छन्। माओवादीका नैनकुमारी खत्री ६६७ र एमालेकी अरुणा थापा मगरले ६५६ मत पाएकी छन्।