एमालेबाट वडा सदस्यमा विजयी सूर्जे मगरको मृत्यु


धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ ।

उनी आफू विजय भएको खबर पनि सुन्न नपाई बेहोस भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको जनाइएको छ । अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए। तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको हो । मगरका दुई छोरा र पत्नी छन् ।