गुल्मीमा महिला वडाअध्यक्षमा निर्वाचित


गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर(९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेल पराजित भएका छन् ।

नगरको वडानम्बर(१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् ।