बौदीकाली गाउँपालिकामा एमाले विजयी


नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए ।

 

उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गरिन् । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाइन् ।