आज चार स्थानमा मतदान


विभिन्न कारणले रोकिएका चार मतदान स्थलमा आज निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार सप्तरी, कालिकोट र बुझाङमा रोकिएका स्थानमा आज फेरि मतदान हुने भएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविका दुई मतदान केन्द्रमा आज मतदान हुँदैछ । कालिकोटको रास्कोटा गाउँपालिकाको रमालमष्टो माविमा पनि मतदान हुँदैछ ।

त्यसैगरी कालिकोटको पचालझरना गाउँपालिकाको जनता मावि खार्दुपमा पनि मतदान हुँदैछ । अनि बझाङको जयपृथ्वी नगरपालिकाको सुनिपिपल चौर माविमा निर्वाचन हुँदैछ । यी ठाउँमा विभिन्न झडप र विवादका कारण मतदान रोकिएको थियो । मतदान रोकिएका ठाउँको स्थानीय तहमा मतगणना शुरु हुन सकेको छैन ।