मन्त्री आलेको गाउँपालिकामा एमाले विजयी


काठमाडौं जेठ ०२ । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेका दुर्गादत्त ओझा विजयी भएका छन्। उनी ३४४९ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपक विष्टले ३४१२ मत प्राप्त गरे।

उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी चन्द्राकुमारी साउँले ३५१७ मत ल्याइन्। जोरायल नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिका हो।