‘चपली हाइट’का नायक घिमिरे विजयी


नेपाली कथानक चलचित्र ‘चपली हाइट’का नायक राजन घिमिरे ९सानुराजा घिमिरे० वडाध्यक्षमा विजयी भएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट ललितपुरको गोदावरी नगरपालिका ३ मा विजयी भएका हुन्। घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्द्वी १० मतअन्तरले पाराजित गरेका हुन्।

घिमिरेले १०५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आचार्यले १०४९ मत गरेका थिए।

चुनाव प्रचारका क्रममा घिमिरेले वडाध्यक्षमा आफू विजयी भएको खण्डमा अध्यक्षको हैसियतमा पाउने कुनै पनि सुविधा नलिने घोषणा गरेका थिए। उनले आफ्नो वडालाई देशकै उत्कृष्ट वडा बनाउँने बताउँदै आएका छन्।

‘चपली हाइट’बाट चर्चामा आएका यी अभिनेताले २०५७ मा ‘सारा खुशी’बोलको गीतबाट अभिनय यात्रा सुरु गरेका थिए। घिमिरे पर्यटन तथा होटल व्यवसायी हुन्।