भक्तपुरमा नेमकिपा २५ हजार मत अन्तरले विजयी


भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विशाल मत अन्तरसहित निर्वाचित भएका छन्। उनले २९ हजार २ सय मत पाएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वीलाई २५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ३५२ मत पाए भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६६७ मत ल्याएका छन्। उपमयेरमा पनि नेमकिपाकै रजनी जोशी विजयी भएकी छन्।

जोशीले २९ हजार ६९५ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७२४ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाएका छन् । प्रजापति र जोशी दुवै दोहोरिएका हुन्। ०७४ को निर्वाचनमा पनि उनीहरु निर्वाचित भएका थिए। नेमकिपाको गढ भक्तपुरमा सो पार्टीले सबै वडा समेत जितेको छ।