नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर


काठमाडौं जेठ ०२ । नेपाल र भारतबीच ६ वटा समझदारी ९एमओयु० तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको समयमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा सम्बन्धीत देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार बुद्धिस्ट अध्ययनको लागि डा। अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इण्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आइसीसीआर)बीच हस्ताक्षर भएको छ ।

यस्तै, भारतीय अध्ययनको लागि आइसीसीआर चेयरको स्थापना सम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आइसीसीआरबीच हस्ताक्षर भएको छ । भारतीय अध्ययनको लािग आइसीसीआर चेयरको स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय र आइसीसीआरबीच हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटि–एम)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार नै काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटि) भारतबीच स्नातकोत्तर तहमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी लेटर अफ एग्रिमेन्ट भएको छ । अरुण ४ आयोजनाको विकास र कार्यान्वयनका लागि भारतको विद्युत उत्पादक सतलज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।