म्याग्दीको धवलागिरिमा गठबन्धन विजयी


म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३ हजार १ सय २३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २ हजार ५ सय ४८ मत पाइन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादीका रेशम पुनमगर उपाध्यक्षमा विजयी भएका हुन् । उनले २ हजार ८ सय १२ मत ल्याए । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी प्रगती कार्कीले २ हजार ६ सय १८ मत ल्याइन् ।