चन्द्रागिरी नगरपालिका वडा नम्बर १ मा विजय जुलुश


काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सत्ता गठबन्धनबाट विजयी भएका नेपाली कांग्रेसमा हरिश्याम राना मगरसहित स्थानीयले विजय जुलुश मनाएका छनन् । नेकपा एमालेको उम्मेदवार राजेन्द्र केसीलाई पछि पार्दै राना मगर विजयी भएका हुन । कांग्रेसमा राना मगरले १ हजार १ सय २१ मत प्राप्त गरेका हुुन भने पराजित केसीले १ सय ७५ मत प्राप्त गरेका थिए । त्यसै गरी दलित महिला सदस्यमा नेपाली कांग्रेसकी अनिता रोका १ हजार १ सय १ मत सहित विजयी भएकी छन् । खुल्ला सदस्यमा केशव गिरी कांग्रेसबाट विजयी भएका हुन ।

महिला वडा सदस्य र खुल्ला सदस्यमा नेकपा एमालेबाट अनिता गिरी र कविराज खड्का विजयी भएका हुन । झिनो मतले पराजित केसी निवर्तमान वडा अध्यक्ष हुन । साविक दहचोक गविस हाल वडा नम्बर १ मा बहुदलिय व्यवस्था आएसँगै नेकपा एमालेले निर्वाचन जित्तै आएको थियो । तर अहिले भने नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेपाली काांग्रेसले निर्वाचन जितेको हो । माओवादी केन्द्र र जसपाका सबै उम्मेदवारहरुले बैशाख २१ गते नेपाली कांग्रेसलाई निर्वाचनमा मतदान गर्ने गरि प्रचारप्रसारमा सघाउने सहमित भएसँगै कांग्रेसका उम्मेदवारको बनोबलउच्च भएको थियो ।

विजय जुलुशमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष गणेश गिरी, वडा अध्यक्ष जनता समाजवादी पार्टीबाट उम्मेदवार फिर्ता गरी कांग्रेसलाई सघाएका राजन गिरी, माओवादी केन्द्रका उम्मेदवार गिता कुमारी घिमिरे पौड्याल, रोजी लकान्द्री, कृष्ण लम्साल र विना भारती समेत सहभागी भएका छन् । यस्तै गरी चन्द्रागिरी नगरपालिका माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष शशिकुमार गिरी तथा नगर प्रतिनिधि उत्तम गिरी, जसपा वडा नम्बर १ का अध्यक्ष राजु रोका तथा प्रतिनिधि अनिल लुईटेल लगायतका सत्ता गठबन्धकका प्रतिनिधिहरु सभा तथा विजय जुलुशमा सहभागी भएका छन् ।

नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति जगन्ननाथ कार्की उपसभापति, विष्णु गिरी, कांग्रेस नगरपालिका प्रतिनिधि जीवन गिरी लगायतको टोलीले खहरे बजार हुदै मितेरी मार्ग गौरीगाउ सिजना चोक हुदै मतदातालाई धन्यवाद सहित विजय जुलुश मनाएका हुन । विजयी टोलीलाई स्वागतका लागि टोलटोलमा कलससहित फूलमालाले सजाईको हो ।