सप्तरीमा सिके राउतको पार्टी विजयी


सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे ।

हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको पहिलो खाता खोलेको हो । साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए ।