पर्सामा २१ वर्षका बशिष्ट कुमार बने गाउँपालिका अध्यक्ष


पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी ९जसपा० बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी ९जसपा० की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

दुई जना वडाध्यक्ष दोहोरिए

५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा ०७४ सालमा फोरमले २, कांग्रेस, जनता दल र माओवादीले १र१ वटा वडा अध्यक्ष जितेको थियो । यसपटक जसपा ३, कांग्रेस एमाले १र१ वडामा जित निकाल्न सफल भएका छन् ।

वडा नं १ मा जनता समाजवादी पार्टीका लालबाबु राउत बरै १४१८ मत ल्याएर विजयी भएका छन् । ०७४ मा यो वडामा कांग्रेसका शिवनाथ राउत थारु विजयी हुँदा लालबाबु दोस्रो भएका थिए ।

वडा नं २ र ३ मा पुरानौ वडा अध्यक्ष दोहोरिएका छन् । २ मा एमालेका सोनालालप्रसाद चौरसिया ९५७२० विजयी हुँदा ३ मा जसपाका सञ्जय कुमार पटेल ९६५०० पूनः निर्वाचित भएका छन् । चौरसिया ०७४ मा नेपाली जनता दलबाट निर्वाचित भएका थिए ।

वडा नं ४ मा नेपाली काँग्रेसका सञ्जय कुमार साह ७६९ मत ल्याएर विजयी भएका छन् । उनले निवर्तमान वडा अध्यक्ष जनता समाजवादी पार्टीका हरिओमकुमार शाहलाई पराजित गरेका हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा हरिओमले सञ्जयलाई पराजित गरेका थिए । वडा नं ५ मा जसपाका जय नारायण प्रसाद कुर्मी ९७६६० मत ल्याएर विजयी भएका छन् , ०७४ को निर्वाचनमा कुर्मी माओवादी केन्द्रका पवन तिवारीसँग पराजित भएका थिए ।