भरतपुरमा रेनु दाहाल २ हजार ३८५ मतले अगाडि


काठमाडौं जेठ ०५ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार दाहालले १२ हजार ३५२ र सुवेदीले ९ हजार ९६७ मत प्राप्त गर्नु भएको छ ।

सुवेदीभन्दा दाहाल २ हजार ३८५ मतले अगाडि हुनुहुन्छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३५५ मत ल्याउनु भएको छ । भरतपुरमा अहिलेसम्म ३३ हजार १८९ मत गनिएकाे छ ।