जितपुरसिमरा उपमहानगरकाे मेयरमा माओवादी विजयी


काठमाडौं जेठ ०५ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित हुनुभएको छ । माओवादीका पौडेल १८ हजार ७४३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै, उपमेयरमा नेकपा एमालेका भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मेघाशाहीले १५ हजार ८४२ मत प्राप्त गर्नुभयो ।