घोराही उपमहानगरपालिका प्रमुखमा एमाले विजयी


काठमाडौं जेठ ०५ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत घोराही उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार नरुलाल चौधरी ३१,७२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५,३६० मतान्तरले पराजित गरेका हुन् । पराजित हेमराज शर्मा पोख्रेलले २६,३६८ मत ल्याएका छन् ।