मौलापुरकी विकासप्रेमि रिना साह मेयरमा पुनः विजयी


रौतहटको मौलापुर नगरपालिकामा गठबन्धनलाई हराउँदै दोस्रो पटक मेयर पदमा नेकपा एमालेकी उम्मेद्वार रिना कुमारी साह विजयी भएकी छन्। २०७४ सालमा निर्वाचित मधेश प्रदेश कै एक मात्र महिला मेयर रिना साह यसपटक पनि ५५ सय ६४ मतपाएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रवेश यादवले ३ हजार ६२ मत प्राप्त गरेका छन ।

यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नागेन्द्रप्रसाद साह ४५ सय १४ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रिना कुमारी साह कानु ले ३ हजार ४ मत प्राप्त गरेकी छन्।

मौलापुर नगरपालिकामा कुल मतदाता १४ हजार ७ सय ८४ रहेकोमा १२ हजार ७ सय ६० मत खसेको थियो । नगरपालिकाको ९ वडामध्ये वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा एकीकृत समाजवादीले जितेको छ भने अन्य सवै वडाहरुमा नेकपा एमालेले जितेको छ ।
उहाँले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचति भएकी हुन । नेकपा विभाजनभएसंगै मधेशमा ठूलो तप्का माओवादीबाट एमाले तर्फ समाहित भएका थिए । साह राजनीतिकका साथै एक सफल विकास मोडलको रुपमा समाजलाई परिर्वतनको दिशामा अघि बढाएकै कारण पुनः निर्वाचित भएको मतदाताहरुले बताएका छन । जनताका साना भन्दा साना समस्यालाई सहज रुपमा समाधान गर्नुका साथै रािष्ट्रय स्तरका परियोजना तथा कार्यक्रमहरुलाई सम्पन्न गर्नु उनको विशेषता हो ।