ललितपुरको गोदावरी नगरपालिकामा पुनः दोहोरीए मेयर र उपमेयर


काठमाडौं जेठ ०५ ।  ललितपुरको गोदावरी नगरपालिकामा पुरानै मेयर र उपमेयर दोहोरिएका छन्। गजेन्द्र महर्जन र मुना अधिकारी यसपटक पनि नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन्। निर्वाचित दुवै उम्मेदवार नेपाली कांग्रेसका हुन्। मेयर महर्जनले १८ हजार नौ सय २८ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका गम्भीरबहादुर रानाले १५ हजार १ सय ५७ मत पाएका छन्। उपमेयर मुना अधिकारीले १८ हजार ३ सय ३३ मत ल्याएकी छिन् भने एमालेकी रुमी प्रधानांगले १४ हजार एक सय ६९ मत ल्याएकी हुन । महर्जनका सहयोगी साइदला तामाङले उनीहरुको कार्यकालमा जनमुखी काम गरेकै कारण आम नागरिकबाट मतदान गरी फेरी विश्वासका साथ विजयी गराएको बताए ।