काठमाण्डौ महानगरमा बालेनको शाह केशव स्थापितभन्दा १२ हजार १९ मतले अगाडि


काठमाडौं जेठ ०६ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । अहिले बिहान साढे ५ बजेको पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याउनु भएको छ । यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो ।

स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गर्नु भएको छ । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याउनु भएको छ। उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म २६ हजार ६ मत पाउनु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत पाउनु भएको छ ।