सप्तरीको राजविराजमा मेयर र उपमेयर दुवै पदमा जसपा विजयी


काठमाडौं जेठ ०६ । सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार भिमराज यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार ५४ मत प्राप्त गरेर राजविराज नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेयरका उम्मेदवार शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे पराजित हुनुभएको हो ।

त्यस्तै, सोही गाउँपालिकाको उपमेयर पदमा पनि जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुशिला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरेर पराजित हुनुभएको हो ।