काठमाडौं जेठ ०६ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौ वटा स्थानीय तह मध्ये चार/चार वटा पालिकामा नेपाली काग्रेस र एमाले विजयी भएका छन् । एक वटा पालिकामा माओवादी केन्द्र मेयरमा विजयी भएको छ ।
काग्रेसले तीन वटा नगरपालिकाको मेयर, एक वटा गाउँपालिकाको अध्यक्ष तथा दुई वटा नगरपालिकाको उपमेयर र दुई वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी हासिल गरेको हो । यस्तै एमालेले दुई वटा नगरपालिकाको मेयर र उपमेयर, दुई वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा एक वटा नगरपालिकाको उपमेयर जितेको छ । माओवादी केन्द्रले एक वटा गाउँपालिकाको मात्र अध्यक्ष जितेको छ ।
१) वीरेन्द्रनगर नगरपालिका मेयर : मोहनमाया ढकाल (नेकपा एमाले ) उपमेयर : निलकण्ठ खनाल (नेकपा एमाले )
२) लेकवेशी नगरपालिका मेयरमा उमेश कुमार पौडेल (नेपाली काग्रेस) उपमेयर : बिमला खड्लुक (एमाले)
३) गुर्भाकोट नगरपालिका मेयर : हस्त पुन (नेपाली काग्रेस) उपमेयर : मैना विक (नेपाली काग्रेस)
४) सिम्ता गाउँपालिका अध्यक्ष : ऐन बहादुर चन्द (नेकपा एमाले) उपाध्यक्ष : गोमा शर्मा रेग्मी (नेकपा एमाले)
५) भेरीगंगा नगरपालिका मेयर : यज्ञ प्रसाद ढकाल (नेकपा एमाले) उपमेयर : धनसरा बोहोरा (नेकपा एमाले)
६ बराहताल गाउँपालिका अध्यक्ष : भिम बहादुर भण्डारी (नेपाली काग्रेस) उपाध्यक्ष : लक्ष्मी पुन मगर (नेपाली काग्रेस)
७ पञ्चपुरी नगरपालिका मेयर : लालबिर भण्डारी (नेपाली काग्रेस) उपमेयर : मुक्तिदेवी रेग्मी (नेपाली काग्रेस)
८) चौकुने गाउँपालिका अध्यक्ष : खड्क विक (नेकपा माओवादी केन्द्र) उपाध्यक्ष : नर बहादुर बान्तोला (नेपाली काग्रेस)
९) चिङ्गाड गाउँपालिका अध्यक्ष : बोध विक्रम जिसी (नेकपा एमाले) उपाध्यक्ष : मिना कुमारी रोकाय (नेकपा एमाले)