बालेनले झन परै छोडिदिए स्थापित र सिर्जनालाई, स्थापितसँग १४,६७८ मतान्तर


काठमाडौं जेठ ०७ । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३१,०१५ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले अग्रतालाई कायम गर्दै एमालेका उम्मेदवार केशव स्थापितभन्दा १६, ३३७ मतको मतान्तर बनाएका हुन् ।

एमालेका केशवले १६ हजार ३३७ मत प्राप्त गरेका छन् । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १६,२२४ मत पाएकी छन् । हालसम्म ८१ हजार हाराहारीमा मतगणना भइसकेको छ ।