हजारौं विरामी,अनेक सहयोगी : माध्यम इन्द्रेणी


काठमाडौं जेठ ०७ ।  कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न दुःखी पीडित तथा सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोग उनीहरुलाई हस्तान्तरण गरिएको हो । फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले सञ्चालन गरेको अभियानलाई सहयोग गर्नका लागि जन्मदिन, वैवाहिक उत्सव, पितृहरुको सम्झनामा संकलन भएको रकम पीडितहरुको उपचारमा दिइएको हो । यस्तै फाउण्डेशन मार्फत संकलन भएको रकम नन्दनी सेवा पशुपति गौशाला, विभिन्न समाजिक संस्थाहरुलाई सहयोग गरिएको हो । त्यस्तै क्यान्सर, मृगौला, अपाङगता, ब्लड क्यान्सर, ढाड भाचिएका पाठेघरका समस्या, असहाय तथा दृष्टिविहिनहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।
इन्द्रेणी स्टुडियोमा कार्यक्रम मार्फत तुलसी सुवेदी, रामजी तामाङ, रोजिना तामाङ, दिनेश कुमार खड्का, विमला विक, खुम्बु खड्का, अबदुलअल मिया, सिता गन्र्धव, रन्जीत शाही, बद्रिनाथ ढकाललाई सहयोग हस्तान्तरण गरिएको हो । त्यसैगरी अनिता जोशी, श्याम थिङ, निर्मला खड्का, निशान बिक, रिमा सेवा समाज, सुनिदा दर्जी, अनिश तामाङ, कमल कुमार चौधरी, अस्मिता नेपालीलाई सहयोग हस्तान्तरण गरिएको हो । त्यसैगरी, फुलमति कोइराला, सेन लिम्बु, सागर खत्री, लक्ष्मी परियार, बाबुराम दलार्मी, प्रशान्त परियारलाई हस्तान्तरण गरिएको हो ।
उनीहरुलाई उपचारमा केही हदसम्म भएपनि सहयोग मिलोस भने सहयोगी मनहरुबाट प्राप्त रकम हस्तान्तरण गरिएको हो । हुनेले दिने र नहुनेले लिने भावनाको विकास गर्दै सञ्चालन गरिएको इन्द्रेणीको अभियानबाट हजारैं समस्यामा परेकाहरुले केही हदसम्म भएपनि राहातको अनुभूति गरेको बताएका छन् । यस्तै गरी मन हुदांहुदौ पनि प्रत्यक्ष रुपमा सहयोग गर्न नपाएका देश विदेशमा रहेका मनकारीले इन्द्रेणी मार्फत यस्तै विभिन्न दुःखी पीडितहरुको दैनिकीमा सहज होस भनेर सहयोग गर्दै आएको बताएका छन् । सेवा, सन्देश र मनोरञ्जनका साथै फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् ।