बुटवल उपमहानगरपालिका मेयरमा कांग्रेस विजयी


बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे निर्वाचित भएका छन्। एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन्।

यससँगै कांग्रेसले एमालेको गढ मानिएको बुटवलमा अप्रत्यासित नतिजासमेत निकालेको छ।

पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे। भट्टराईले २२ हजार ५९७ ल्याए। राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याए। जितको आधिकारिक घोषणा हुन बाँकी छ। उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भइन्। उनले २४ हजार ९०४ मत ल्याइन्।

सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चीन बहादुर गुरूङले १७ हजार ९८० मत ल्याए। राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याएकी छन्। काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ। एमाले ५ वडामा विजयी भएको छ।