इटहरी उपमहानगरको मेयरमा कांग्रेसका हेमकर्ण विजयी


काठमाडौं जेठ ०८। इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ४९ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका याम कुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत पाए।

उपमेयरमा भने एमाले उम्मेदवार संगीता कुमारी चौधरी विजयी भइन्। उनले ३२ हजार ४ सय ३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी केशव कुमार विष्टले १८ हजार ३१ मत मात्र प्राप्त गरे ।