धनगढी उप-महानगरको मेयरमा स्वतन्त्रबाट हमाल विजयी, सत्ता गठबन्धन पराजित


काठमाडौं जेठ ०८। धनगढी उप–महानगरपालिकाको प्रमुख पद (मेयर) मा स्वतन्त्रका गोपाल हमाल विजयी भएका छन् । हमालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका हुन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगर धनगढीको प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका कन्दकला रानाले जितेकी छन् । उनले गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी शान्ति अधिकारीलाई १ हजार २६२ मतान्तरले पराजित गरेकी हुन् । प्रमुखका स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ४४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वडले भने १४ हजार १४६ मत मात्रै पाए ।