बालेनको ३९ हजार मत कट्यो, सिर्जनाले पछाडि पारिन् केशवलाई


काठमाडौं जेठ ०८। काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धन र एमालेलाई पछि पार्दै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अघि रहेका छन्। आइतबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ३९ हजार ६ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ मत प्राप्त गरेकी छन्। बालेन्द्रले सिर्जनालाई १६ हजार ९३४ मतले लिड गरिरहेका छन्।

सिर्जनाले एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पारेकी हुन्। स्थापितले २१ हजार ५७१ मत प्राप्त गरेका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछाडि छन्। काठमाडौंमा उपमेयरमा भने सत्ता गठबन्धनभन्दा एमालेकी सुनिता डंगोल निकै अगाडि छिन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका छन्।